हृदयेश त्रिपाठीले गठन गरे जनता प्रगतिशील पार्टी

0

काठमाडौं : पूर्वमन्त्री हृदयेश त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । मंगलबार काठमाडौंमा त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन भएको घोषणा गरे । 

लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउने र संविधानलाई चलायमान बनाउन भूमिका खेल्ने उद्धेश्यले पार्टी गठन गरिएको त्रिपाठीले बताए । 

अन्य दलको आलोचना गर्न नभई नयाँ राजीनीति संस्कार शुरु गर्न नयाँ दल स्थापना गरिएको उनको तर्क छ ।

घोषणा कार्यक्रममा कांग्रेस नेता दमननाथ ढुंगाना, पूर्व सचिव रामेश्वर खनाल लगाएत सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.