शेखर कोइरलाको प्रतिनिधिहरुलाई आग्रह- ‘गुट-उपगुट बिर्सेर विवेक प्रयोग गर्नुहोस्’

0

काठमाडौं : नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार डा.शेखर कोइरालाले दोश्रो चरणको निर्वाचनको मत परिणाम जस्तो आएपनि पार्टीलाई एकतावद्ध बनाउन आफुले भूमिका खेल्ने बताएका छन् । 

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्र वृहत्तर एकताका लागि सधैँ प्रयास गर्ने बताए । 

कोइरालाले गुट–उपगुट बिर्सेर विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान समेत गरे ।

कोइरालाले आफुले रुपान्तरण र पुनर्जागरणको कुरा गरेर आएको भन्दै देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित गर्न जीवन व्यतित गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.