कांग्रेस सभापति पदका लागि दोसो चरणको निर्वाचन हुने, कसैले ल्याएनन् ५० प्रतिशत मत

0

काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । सभापतिका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा प्रवेश गरेको हो । 

कांग्रेसको विधानको दफा १६ को खण्ड (ख) अनुसार सभापति चयनको निर्वाचनमा उम्मेद्वारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनु पर्नेछ ।

निर्वाचनमा खसेको ४६७९ मतमध्ये सभापतिका प्रतिस्पर्धी देउवाले २२५८ र शेखर कोइरालाले १७२९ मत पाए । जितका लागि २३४० मत आवश्यक थियो ।

आवश्यक मत पाउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने निश्चित भएको हो ।

प्रतिस्पर्धामा रहेका शेरबहादेर देउवा र शेखर कोइरालाबीच अब दोसो चरणमा प्रतिस्पर्धा हुनेछ ।

निर्वाचन समितिले मंगलबार नै दोस्रो चरणका निर्वाचन प्रक्रिया अघि बढाउने छ ।  

Leave A Reply

Your email address will not be published.