संघीय संसदको हिउँदे अधिवेशन शुरु हुँदै

0

काठमाडौं : संघीय संसदको हिउँदे अधिवेशन मंगलबारबाट शुरु हुँदै छ । मंगलबार दिउँसो २ बजे दुबै सदनको अधिवेशन शुरु हुुन लागको हो ।

यस अधिवेशनमा ६ वटा अध्यादेलाई पहिलो बैठकमा पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद्को दशौँ अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ सहित अन्य विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेश गर्ने छन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रमुख विपक्षी एमालेले सभामुख अग्नी प्रसाद सापकोटको भुमिकामाथि प्रश्न उठाउँदै यसअघिको अधिवेशन अवधिभर अवरोध गरेको थियो ।

Leave A Reply

Your email address will not be published.