बार्तामा आउन मधेसी मोर्चाको चार शर्त

0

काठमाडौं, १३ भदौ । आन्दोलनरत संयुक्त मधेसी मोर्चाले वार्तामा आउन चार शर्त राखेको छ । वार्तामा आउन सरकारले पठाएको पत्रको जवाफ दिँदै ती दलले शनिबार प्रधानमन्त्रीलाई चिठ्ठी बुझाएका छन् । संविधान निर्माणको प्रक्रिया तत्काल स्थगित गरी सबै पक्षको सहमतिका आधारमा संविधान निर्माणको प्रतिवद्धता र त्यसको कार्यान्वयन गर्न मोर्चाले शर्त राखेको छ ।
यसअघि भएका २२ र ८ बुँदे सम्झौताको कार्यान्वयन, मधेसमा खटाइएका सेना र सशस्त्र सुरक्षा बललाई ब्यारेकमा फर्काउन तथा आन्दोलनमा गिरफ्तार गरिएकाको बिना शर्त रिहाई, ज्यान गुमाएकालाई शहिद घोषणा र घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने शर्त राखिएको छ । मोर्चाआबद्ध दलका केन्द्रीय अध्यक्षको सर्लाहीको मलंगवामा बसेको बैठकले प्रधानमन्त्रीलाई पठाउने जवाफ तयार पारेको थियो ।
पत्र बुझाउन बालुवाटार पुगेका मोर्चाका नेताहरुलाई प्रधानमन्त्री कोइरालाले वार्तामा बसेरै समस्याको समाधान खोज्न आग्रह गरेका थिए । मुलुक द्वन्द्वतिर जान थालेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले मिलेर समस्याको समाधान गर्न आग्रह गरेका थिए । पत्र लिएर संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपाका महासचिव गोविन्द चौधरी, तराई मधेश सद्भावना पार्टीका नेता रामनरेश यादव, सदभावनाका नेता रामकिशोर सिंह बालुवाटार पुगेका थिए ।

Leave A Reply

Your email address will not be published.