दुई परकम्प

0

काठमाडौं, १३ भदौ । आज बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् । बिहान ३ बजेर ९ मिनेट जाँदा धादिङको नीलकण्ठ नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केल र ८ बजेर २६ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि आजसम्ममा तीन सय ८६ परकम्प गइसकेको केन्द्रको वेबसाइटमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.