कांग्रेस महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित, ४ हजार ७७४ प्रतिनिधि

0

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिनहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । 

शुक्रबार निर्वाचन समितिले १४औँ महाधिवेशनका लागि निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार ४७४३ जना महाधिवेशन प्रतिनिधि छन् । 

महाधिवेशन प्रतिनिधि नै भावी नेतृत्व चयनका लागि मतदात हुन् । प्रकाशन प्रतिनिधिको संख्या अनुसार कांग्रेस सभापति बन्न खसेको मतको कम्तिमा ५० प्रतिशत कटाउनुपर्ने व्यवस्था छ ।

समितिले देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, केन्द्रीय कार्यसमितिका सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको नाम सार्वजनिक गरेको हो ।

Leave A Reply

Your email address will not be published.