एनआरएनएको निर्वाचन समिति सन्योजक अधिबक्ता लिलामणि पौडेलको राजिनामा,

0

काठमाडौँ — गैर आवासीय नेपाली संघमा डेलिगेट्स छनोटमा भएको अनियमितताले अन्योलमा रहेको संघको निर्वाचन, समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले आफ्नो पदबाट राजीनामा दिए पछि अझ अनिश्चित बनेकोछ । महाधिबेशन प्रतिनिधि बिबादको समाधान नगरि कामचलाऊ अध्यक्ष कुमार पन्तले एक पक्षिय निर्वाचन गराउन खोजेकोमा आफ्नो क्यारिएरमा धक्का लाग्ने महशुस गरी पौडेलले निर्वाचन सन्योजकबाट रजिनामा दिएका हुन ।

विश्वस्त सूत्रका अनुसार अधिवक्ता पौडेलले अध्यक्ष कुमार पन्तलाई केन्द्रले उपलब्ध गराएको मतदाता नामावली विरुद्ध निकै उजुरी परेकाले आफुले सोही विवादित नामावलीको आधारमा चुनाव गराउन नसक्ने जानकारी दिएका थिए। नेपाल बार एसोसियसनका महासचिव पनि रहेका पौडेलले संघमा सुनियोजित रुपमा धांधली गर्ने योजनालाइ कार्यान्वयन गर्न आफुलाई माध्यम बनाउन लागिएको भन्दै अशन्तुष्टि जनाएका थिए ।

निर्वाचन कार्यतालिका सार्वजनिक गर्दा पौडेललाई कुल आचार्य लगायत सबैको सहमति लिएको भनेर झुट बोलेर गराइएकोले उनी निर्वाचन प्रकृयाबाट अलग हुन खोजेका थिए । हिजो उम्मेद्वारहरु सँग छलफल गरेका पौडेलले प्रतिनिधि बिबादलाई समाधान नगरि हुने चुनावले झन बिबाद सिर्जना हुने र आफ्नो ब्याबसायिक जीबनमा अप्ठेरो पर्ने देखेर रजिनामा गरेको उनी निकट श्रोतले बताएकोछ ।

पन्त नेतृत्वको कार्यसमितिले विना कुनै सहमति जबर्जस्ती चुनावको कार्यक्रमलाई अगाडी बढाउन दबाब दिए पछि निर्वाचन समितिका बहुसंख्यक सदस्यहरुले राजिनामा गरेको विश्वस्त सूत्रले जानकारी दिएको छ। निर्वाचन आयुक्त डा. गणेश गुरुङ, देबकाजी डङ्गोल, चिरन्जिबी ढकाल लगायतले पनि आफ़्नो पदबाट राजीनामा दिएका छन्।

संघको विधान अनुसार निर्वाचन हुनु भन्दा कम्तीमा ३ महिना अगावै निर्वाचन समिति गठन गरिनु पर्छ। त्यसैले अब डिसेम्बर २६ र २७ मा गराउने भनिएको निर्वाचन गराउन कुनै पनि वैधानिक आधार बांकी नरहेको निर्वाचन समितिका एक सदस्यले बताए ।

भोली हुने भनि सार्बजनिक गरिएको उम्मेद्वार मनोनयन निर्वाचन सन्योजकले रजिनामा दिए पछि १६ दिसेम्बरमा हुने अध्यक्ष पन्तले बताएका छन । तर सहमति बिना गरिने कुनै पनि योजना सफल हुन नसक्ने भएकोले संस्थाको स्पिरिटलाई बुझेर मात्र कदम चाल्न कामचलाऊ अध्यक्ष पन्तलाई एनआरएनएका अग्रजहरुले सुझाब दिएका छन।

यसै साता संघका सात जना सल्लाहकारहरुले डेलिगेट्स समस्या समाधान गरेर मात्रै निर्वाचन कार्यक्रम अगाडी बढाउन अध्यक्ष पन्तलाई सुझाव दिएका थिए।

Leave A Reply

Your email address will not be published.