मिनेन्द्र रिजालद्वारा महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा

0

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौमा बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास भइरहेको बताए ।

उनले १४ औँ महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने दाबी पनि गरे । पार्टीमा नयाँ नेतृत्व आउन जरुरी रहेको भन्दै उनले महाधिवेशनबाट रुखको पुरानो पात झरेर नयाँ पात पलाउने धारणा राखे ।

उनले प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवाप्रति आफ्नो समर्थन भए पनि पार्टीभित्र सभापतिको रूपमा फरक मत रहेको बताए । अहिलेकै अनुहारले आम चुनावमा कांग्रेसमा उत्साह नआउने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.