प्रधानन्यायाधीशलाई महाभियोग लगाउन एमाले अध्यक्ष ओलीलाई बारको ज्ञापनपत्र

0

काठमाडौं : नेपाल बार एसोसिएसनको टोलीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । भेटमा बार पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन माग गरेको छ ।

जबरालाई महाभियोग लगाएर बर्खास्त गर्न कानून व्यवसायीहरुले अध्यक्ष ओलीसमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको जस्ता १७ वटा आरोप लगाइएको छ । 

एमाले अध्यक्ष ओलीलाई भेट्नका लागि बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा कानुन व्यवसायी बालकोट पुगेका हुन् । नेपाल बारका उपाध्यक्ष, महासचिव लिलामणी पौडेल, कोषाध्यक्ष रुद्र पोखरेल, पाँच जना सदस्यहरू, पूर्वअध्यक्षहरू शम्भु थापा, पूर्वमहासचिव रमण श्रेष्ठलगायत बालकोट पुगेका हुन् ।

नेपाल बार एसोसिएसनसहित देशभरका कानून व्यवसायी प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.