राष्ट्रियसभाको निर्वाचन तालिका सार्वजनिक, पुस २० मा उम्मेदवारी दर्ता

0

काठमाडौं : निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका स्वीकृत गरेको छ ।

आयोगका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी २१ गते, २२ र २३ गते उजुरीमाथि छानविन गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गतेदेखि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिन चाहने दललाई भने पुस १ गतेदेखि १० गतेसम्म दल दर्ता गर्ने समय दिइएको छ ।

Leave A Reply

Your email address will not be published.