आङ साङ सुकीलाई चार वर्षको जेल सजाय

0

एजेन्सी : म्यानमारको अदालतले लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ । 

सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र प्राकृतिक विपत्तिअन्तर्गत कोभिड महामारी रोक्न लागू गरिएको नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै उनलाई चार वर्षको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

उनीमाथि ११ वटा आरोप छन् । सुकीले भने सबै आरोप अस्वीकार गरेकी छिन् । 

म्यानमारको सेनाले सैन्य कू गरेर नागरिक सरकार अपदस्थ गरेको थियो । आम निर्वाचनमा धाँधलीको आरोप लगाउँदै सेनाले सत्ता कब्जा गरेको थियो । 

म्यानमारको सैन्य कूको विश्वभरबाट निन्दा भएको थियो । नागरिक सरकार पुनर्वहालीको माग गर्दै भएका आन्दोलनमा सेनाले निर्मम दमन गरेको थियो । 

म्यानमारको सेनाले कु गरेको विरोधमा चर्किएको आन्दोलनमा १ हजार ३ सय जना नागरिकको ज्यान गइसकेको छ । 

म्यानमारमा सुकीको लोकप्रियता अझै पनि कायम छ । उनलाई सैन्य शासनविरुद्धको संघर्षको प्रतीक मान्नेहरु असंख्य छन् ।

Leave A Reply

Your email address will not be published.