कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

0

काठमाडौं : कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याए भने थापाले एक हजार छ सय १७ मत ल्याए । चार सय १३ मत बदर भएको थियो ।

लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए । अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन् ।

आइतबार बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देनले जितेकोमा बधाई पनि दिएका छन् । उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइएको भन्दै गुनासो समेत गरेका छन् । थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन् ।

त्यस्तै उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् ।

यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।

Leave A Reply

Your email address will not be published.