राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज मतदान

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ को नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । निर्वाचनका लागि बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ ।

निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था छ ।

देशभरबाट चुनिएर आएका चार हजार सात सय प्रतिनिधि मतदानमा सहभागी हुनेछन् । एकता महाधिवेशनमा १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् ।

अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको हो । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ ।

उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।

उम्मेदवारी दर्ताबाट करिब ५० लाख सङ्कलन भएको जनाइएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा संयुक्तको एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।

Leave A Reply

Your email address will not be published.