बद्री केसी समुहले एनआरएनएको चुनाबि प्रचार गर्न प्रतिनिधिहरुका ब्यक्तिगत विवरणको चोरि गरेकोमा आपत्ति

0

गैर आबासीय नेपाली संघको आगामी महाधिबेशनलाई आफ्नो पक्षमा पार्न उपाध्यक्ष एबम आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेद्वार बद्रि केसीले संगठनको एमआईएस सिस्टमको दुरुपयोग गर्दै महाधिबेशन प्रतिनिधिको विवरण चोरि गरेकाछन । प्रतिनिधि बिबादले महाधिबेशन अनिष्चित छ, पररास्ट्र मन्त्रालय र उच्च अदालतमा मुद्दा परेकोछ र चुनाबि अन्योल झन बद्ढै गएको अवस्थामा केसी समुहले आचारसंहिता र संघको बिधान बिपरित आफ्नो चुनाव प्रचार गर्न सदस्यहरुको ब्यक्तिगत विवरणको चोरि गरेकोमा सदस्यहरुले आपत्ति जनाएकाछन ।

केसीले चुनाबि प्रचारका लागि आफ्नो ईमेल र फोन नम्बरको दुरुपयोग गरेकोमा बिभिन्न देशका महाधिबेशन प्रतिनिधिहरुले कानुनी प्रक्रिया सुरु गरेको बताएकाछन ।

स्पेनबाट प्रतिनिधि रहेका पत्रकार बिजय शर्मा दर्पणले एक हप्ता अघि केसी समुहले गरेको ककस कार्यक्रमका लागि पठाएको ईमेलको कपि फेसबूक वालमा शेयर गरेर आफ्नो ईमेलको गलत प्रयोग गरिएकोमा केसीलाई प्रश्न सोध्दै बिरोध जनाएकाछन । त्यसै गरी बेल्जियमबाट प्रतिनिधि रहेकि सजना कतिलाले पनि आफुलाई ईमेल र मेसेज आएको र आफ्नो अन्य कुनै संपर्क नभएका ब्यक्तिले संस्थाको लागि दिएको आफ्नो ब्यक्तिगत विवरण प्रयोग गर्दा अचम्भ लागेको बताइन ।

नेदरल्यान्डबाट प्रतिनिधि रहेका एकजना प्रतिनिधिले आफ्नो नाम नलेखिदिन अनुरोध गर्दै युरोपियन( DATA PROTECTION ) कानुनको बिरुद्ध आफ्नो ब्यक्तिगत विवरणको दुरुपयोग गरिएकोले त्यस बिरुद्ध कानुनी उपचार खोज्न आफ्नो कानुनी सल्लाहकार ( लयर ) सँग परामर्श गरिरहेको बताएकाछन ।

युरोपको कानुन अनुसार कुनै पनि ब्यक्तिको कुनै पनि बिबरण आफ्नो सहजताका लागि प्रयोग गर्न सम्बन्धित ब्यक्तिको स्वीक्रिती चाहिन्छ, अन्यथा अपराध मानिन्छ । जुलाईमा भएको चुनावलाई आफ्नो पक्षमा पार्न एमआईएस सिस्टमको दुरुपयोग गरेको आरोप खेपि रहेको एनआरएनए संस्थापन पक्षले सदस्यहरुको बैयक्तिक विवरणलाई दुरुपयोग गर्नुलाई गम्भिर रुपमा लिईएकोछ । संघका सचिब गौरी जोशीको कम्पनिले बनाएको एनआरएनएको एमआईएस सिस्टमको पहुच महासचिब हेमराज शर्मा र केन्द्रीय कार्यालयको आईटी टिम सँग मात्र हुन्छ ।

आगामी कार्यकालका लागि उपाध्यक्ष पदकी उम्मेद्वार जानकी गुरुङले आज सम्म प्रतिनिधिको नामावली सार्वजनिक गर्न नसक्ने तर आफ्नो फाईदाको लागि महाधिबेशन प्रतिनिधिको ब्यक्तिगत बिबरण बिना स्विक्रिती प्रयोग गरिनुले पनि संस्था कब्जा गर्न केकस्ता गैर कानुनी काम भएकाछन भन्ने प्रमाणित भएको बताउदै यस्तै बिकृतिका बिरुद्ध आफुले आवाज उठाएको बताइन ।

स्मार्ट एनआरएनको प्रयोग गर्ने प्राबधानमा पनि संगठनको आधिकारिक बाहेक अन्य प्रायोजनको लागि सदस्यहरुको ब्यक्तिगत विवरण प्रयोग गर्न नपाउने भनिएकोछ । अन्तरराष्ट्रिय कानुन र संस्थाकै बिधान बिपरित कुनै उम्मेद्वारको फाईदाका लागि सदस्यहरुको विवरण प्रयोग गर्नु गैरकानुनी र दन्डनिय क्रित्य भएको एनआरएनएका अग्रज एबम कानुनका ज्ञाताहरुको भनाईछ ।

Leave A Reply

Your email address will not be published.