महिला नेत्रित्वलाई एनआरएनएमा स्थापित गराएरै छाड्ने छु – सरु चापागाईँ

0

[अन्तर्वाता] – सरु चापागाइं, चार दिशा बेल्जियम

हाल नेपाली ब्याबसायी समिति बेल्जियमको उपाध्यक्ष पदमा रहेकी र एन आर एन ए बेल्जियमको स्थापना काल देखी नै सकृय रुपमा आफ्नो भूमिका निभाएकी महिला नेत्री तथा बेल्जियममा हुन गै रहेको एन आर एन ए राष्ट्रिय परिषदको अध्यक्ष पदकी प्रत्यासी सरु चापागाइँ सँग गरिएको कुराकानी ।

IMG_25471

तपाईं त एक्कासी ए आर एन ए को चुनावमा होमिनु भो त सरु जि ?

म एक्कासी यो संस्थामा आएकी हैन नी ! मैले एन एन आर एन ए बेल्जियमको स्थापना काल देखिनै कुनै न कुनै रुपमा यो सँस्थाको बिकासको लागि आर्थिक, नैतीक र भौतिक सहयोग गर्दै आएकी छु । मेरो हिजोको भूमिका बेल्जियमका सबै नेपालीहरुलाई ज्ञात नै छ जस्तो लाग्छ ।

तपाईंलाई एन आर एन ए बेल्जियमको अध्यक्ष पदमा एक्कासी आएको आरोप बारे भन्नु के छ ?

म एन आर एन ए बेल्जियमको स्थापना काल देखिकै सकृया सदस्य हुँ । अथवा म यो संस्थाको शिलशिलामा पूर्ण जिम्मेवार सहितको एक सिपाही हुँ । त्यसैले मेरो अध्यक्ष पदको लागि त्यो भन्दा योग्यता के चाहियो र ? सबैले आफ्नो कार्यकालमा नै क्षमता प्रदर्सन गर्ने हो । यदी प्रकृयागत रुपमा मैले बिजय हाँसिल गरेँ भने मेरो क्षमताको पूर्ण परीक्षण त्यही हुनेछ । त्यस पछी तपाईं जस्ता पत्रकार साथीहरुले मेरो कार्यकालको समिक्षा गर्नुहोला ।

तपाईंको प्रतिस्प्रधिको बारेमा केही भन्नु छ कि ?

केही छैन । यो एउटा प्रकृया हो । जसले हारे वा जिते पनि हामी एउटै समाजका सदस्यहरु हौ । चुनाव पछी हामी एक सुत्रिय रुपमा संस्थाको हितको लागि जुट्ने छौ । तर सहकार्य गरेर एउटै टिम बनाएर जाउँ न त भन्ने सवालमा उहाँहरुले त्यती उपलब्धी पूर्ण चासो देखाउनु भएन । मैले भनेकी थिएँ कि मेरा एजेण्डाहरुको सम्मान गरियोस र एक कार्यकाल मिलिजुली समितिको नेत्रित्व एजेन्डाको कारणले मलाई प्रदान गरियोस । महिला मैत्री हुनुहोस् र आधी आकाश ओगट्ने महिलाहरुलाई पनि नेत्रित्व बिकासको लागि दाजु-भाइहरुले सहयोग गरिदिनुहोस् । मेरो त अझै पनि त्यही भनाइ छ मेरा प्यारा आदरणिय दाजु भाईहरु सँग । म टिम र सबै एन आर एन ए हरुको विश्वाश र आदेशलाई सिरोधार्य गरेर अगाडि बढ्नु पर्छ भन्ने चेली हुँ ।

एजेण्डाको कुरा ल्याइहाल्नु भो , के हुन त आगामी कार्यकालको लागि तपाईंका एजेण्डा ?

मेरा एजेण्डा कहिल्यै पनि पूर्वग्रहपूर्ण हुने छैनन । एजेण्डामा मैले सबैलाई समेटेर जाने प्रयत्न गर्ने छु । साथै यो समाजमा जेलिएका याबत् समस्याहरुनै मेरा एजेण्डाहरु हुनेछन । केही नगरि नहुने, नेपाली समाजको लागि अपरिहार्य कार्यहरु छन,जसलाई मैले मेरा एजेण्डा भन्दा पनि हाम्रो समाजका सामुहिक एजेण्डा भन्छु । जसलाई बुदागत रुपमा बेल्जियमको लोकप्रिय अन्लाईन मिडिया मार्फत राख्न गैरहेकी छु :

१-एन आर एन एको सचिवालयको स्थापनालाई पहिलो प्रार्थमिकतामा राख्दै सामुहिक छलफल बाट पायक पर्ने ठाउमा स्थान छनौट गर्ने र स्थाइ कार्यालयको स्थापना गर्ने,

२- छेत्रीय समितीहरुलाई प्रभाबकारी रुपमा कार्य सम्पादन गर्न आवश्यक जिम्मेवारि सहित कार्य क्षेत्रको पूर्ण भूमिका दिने ,

३- अघिल्लो कार्यकाल देखी शुरु गरिएको आपदकालिन राहत कोशको लागि बिशेष टिम गठन र उपनियमहरु बनाउदै त्यसको समुचित ब्याबस्थापन तथा सुद्रिढिकरण गर्ने ,

४- गैह्र आवासिय नेपालीहरु सँग सम्बन्धित भाषा,कला , सँस्क्रितीको जगेर्ना तथा प्रबर्धन गर्न सम्बन्धित संघसंस्थाहरुसँग सामन्योय एबम आवश्यक सहयोग गर्ने ;

५- नेपाली समाजको दोश्रो पुषतालाई गैह्र आवासिय नेपालीसँग सकृय, उत्पादन मुलक एबम रचनात्मक रुपमा आबध्द गर्दै नेत्रित्वको लागि तयार पार्न अहम भूमिका निभाउने,

६- खेलकुद,साहित्यको बिकास सङ्सङ्गै ब्यक्तित्व बिकास , सारिरीक बिकास,एबम नैतीक शिक्षा प्रदान गर्ने कार्यक्रमलाई बिशेष महत्वका साथ सम्बन्धित निकायसँग समन्योय गरी अगाडि लैजाने ,

७-सामुदायिक भवन वा नेपाल हाउस (खरिद,निर्माण वा भाडामा ) स्थापनाको निम्ती आवश्यक अध्ययन गरी सम्बन्धित निकायसँग समन्योय गर्दै सार्थकताको लागि पहल गर्ने , त्यस्तै महिला तथा कच्चा उमेरका बहिनी छोरीहरुको लागि पनि मेरा केही सन्कल्पहरु छन : १- गैह्र आवासिय महिला फोरमले अगाडि बढाएको १ महिना १ युरो को अभियानलाई अझ ससक्त रुपमा गोल्बलाइज गर्ने , भुकम्प पीडित महिलाहरुलाई ¨-यो दशै १ जोर न्यानो लुगा – प्रोग्रामको लागि पहल गर्ने , २- टिन एजका नानी सम्बन्धी ब्यक्तित्व तथा नैतीक बिकासको कार्यक्रमलाई मासिक एक दिने एन आर एन कक्षाको रुपमा शुरु गर्ने , ३- नेपाली भाषा कक्षाको लागि आन्थ्रोपेन र लुभेनमा जस्तै बेल्जियमका सम्भावना युक्त क्षेत्रमा बिस्तार गर्ने , ४- नेत्रित्व बिकासमा महिलाहरुलाई अगाडि बढाउन योजना सहित अगाडि बढ्ने,

५ -उत्पीडित महिलाको हकमा छुट्टै टेबुल बनाएर न्यायको लागि पहल गर्ने, अर्को तर्फ महा बिनासकारी भुकम्पबाट क्षतबिक्षत भएको मात्रीभुमिको पुन निर्माणको लागि पनि बेल्जियममा रहेका सम्पूर्ण गैह्र आवासिय नेपाली संघ संस्था, बेल्जियम नागरिकहरुसँग घनिस्ट सम्बन्ध र समन्योय स्थापना गर्दै आर्थिक , नैतीक र भौतिक सहयोगको लागि पहल गर्नु पर्ने जिम्मेवारी समेत अहिले थपिएको छ । त्यसको लागि समेत आवश्यक पहल गर्न मैले कुनै कसुर बाँकी राख्ने छैन ।

महिलाहरुको सामुहिक हित र अाइ सि सि मा समेत महिलाहरुको पहुच र नेत्रित्व दाई भूमिकाको लागि हाम्रो हस्तक्षेपकारी पहल जरुरी हुन्छ भन्ने मेरो सम्पूर्ण महिला दिदी बहिनीहरुमा जिकिर रही रहने छ । –

तपाइको एजेण्डामा त मिडियाको कुरा आएन नी ?

म जहिले पनि मिडिया मैत्री छु र त्यसको लागि एन आर एन ए मा मैले छुट्टै मिडिया डेक्स,साहित्यिक डेक्स र खेलकुद डेक्स बनाएर काम गर्नु पर्छ । बौध्दिकहरुको राय,सुझाब र कतिपय अवस्स्थामा निर्णयलाई हार्दिकता पुर्वक स्विकारीनु पर्छ भन्ने मेरो पुर्ववत मान्यता रहेको छ ।

तपाईंको अरु भन्नु केही छ?

बेल्जियमको लोकप्रिय मिडिया चार दिशा मार्फत म र मेरो टिमलाई भोट् दिइ चुनाबी प्रकृयालाई सघाइ दिनु हुन सम्पूर्ण बेल्जियम बासी दाजु भाई दिदी बैनीहरुलाई बिनम्र अनुरोध गर्दछु ।

मेरो बिचार र अपेक्षालाई सार्वजनिक गरिदीएकोमा चार दिशा टिमका पत्रकारहरुलाई हार्दिक धन्यवाद ।

Leave A Reply

Your email address will not be published.