कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे

0

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनीत भएका छन् । 

समितिको यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिएपछि घिमिरेलाई योजकमा मनोनीत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले संयोजक यादवले पदबाट दिएको राजीनामा पार्टीको विधानबमोजिम स्वीकृत गरेका थिए । 

वरिष्ठ अधिवक्ता घिमिरे यसअघि समितिको वरिष्ठ सदस्य  थिए । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको हो । त्यसयता अधिकांश जिल्लामा पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । 

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ । 

Leave A Reply

Your email address will not be published.