सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेशी तोकिने

0

काठमाडौं : सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ ।

बिहीबार अपरान्ह बसेको फुलकोर्ट बैठकले मंसिर १५ गते सम्म सम्पूर्ण तयारी पूरा गर्ने र त्यसपछि गोलाप्रथा विधिबाट पेशी तोक्ने कार्य थालनी गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार संशोधित नियमावली अनुसार नै पेसी व्यवस्थापन निर्देशन समितिबाट पेशी तोकिने छ ।

सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी भएर बस्ने पूर्ण बैठक (फुलकोर्ट)ले प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठतम् न्यायाधीश रहने पेशी व्यवस्थापन निर्देशन समितिबाटै पेसी तोक्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उभिएका असन्तुष्ट न्यायाधीशहरुले तीन सातापछि गत बुधबार फुलकोर्ट बैठक राखेर सर्वोच्च अदालत नियमावली संशोधन गरेका थिए । तत्कालीन नियमावलीमा प्रधानन्यायाधीशले पेसी तोक्ने व्यवस्था रहेकामा नियमावली संशोधन गरी पेसी व्यवस्थापन निर्देशन समितिले गोलाप्रथा विधिबाट पेसी तोक्ने व्यवस्था गरिएको थियो ।

तर गोलाप्रक्रियाका लागि केही प्राविधिक कठिनाई हुने त्यसको व्यवस्थापन गर्नुपर्ने भएकाले मंसिर १५ गतेबाट लागू गर्ने गरी गोलाप्रक्रियाको मिति तोकिएको हो ।

Leave A Reply

Your email address will not be published.