राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आसन्न महाधिवेशनमा अध्यक्षमा उठने घोषणा गरेका हुन् ।

उनलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा लगायतले नेताहरुले पनि साथ दिएका छन् । राणाले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् ।

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन ।

Leave A Reply

Your email address will not be published.