इन्धनको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

0

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत ६ विद्यार्थी संगठनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार प्रधानमन्त्रीलाई भेटेर उनीहरुले ज्ञापन बुझाएका हुन् ।

त्यसक्रममा विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थमा अत्यधिक कर लगाइएको भन्दै कर घटाएर मूल्य घटाउन माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले त्यसबारे बुझेर आवश्यक निर्णय लिने बताएको अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, वैद्य निकट अखिल क्रान्तिकारी, अखिल (छैठौं) र विप्लव निकट अखिल क्रान्तिकारीले संयुक्त आन्दोलन गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.