एन आर एन बेल्जियमको निर्वाचन सम्बन्धमा बेल्जियम स्थित प्रगतिशिल सँघ संगठनहरुको बिज्ञप्ती

0

एन आर एन बेल्जियमको निर्वाचन सम्बन्धमा बेल्जियम स्थित प्रगतिशिल सँघ संगठनहरुको बिज्ञप्ती

गैर आवासिय नेपाली संघ, बेल्जियमको निर्वाचनमा गंगाधर गौतम नेतृत्वको समाबेशी समुहलाई आफ्नो अमुल्य मत दिई बिजय गराउन अपिल, बिगत लामो समयदेखि बेल्जियममा स्थापित र कार्यरत हाम्रा संगठनहरुले बेल्जियममा हुने हरेक गतिबिधिमा चासो र चिन्ता रहनु स्वभाविकनै हो । नेपालीहरुको साझा संस्थाकोरुपमा स्थापित गैर आवसिय नेपाली संघ, बेल्जियम अहिले नयां नेतृत्व चयनको अभियानमा चल्दै गर्दा यसमा हाम्रो पनि चासो रहेको छ । सवल नयां नेतृत्वको चयनलाई बिभिन्न कोणबाट मुल्याकंन गर्दै मतदाताहरुलाई आप्mनो मतको सहि उपयोगको लागी चेतना गराउनु पनि हाम्रो नैतिक दायित्व हो ।

हाम्रा संगठनहरुले बिभिन्न कोणबाट हेर्दा र मुल्याकन गर्दा निर्वाचनमा उभिनु भएका बिभिन्न ब्यक्तिहरु राम्रा हुदाहुदै पनि निर्वाचन भनेको कुनै एकलाई छान्नु पर्ने भएकोले हाम्रा संगठनको सदस्यहरु तथा बेल्जियममा रहनु भएका बिभिन्न ब्यक्तित्वहरु बिचको छलफलले गैर आवसिय नेपाली संघ, बेल्जियमको आगामी कार्यकालकोलागी गगांधर गौतमको नेतृत्वमा रहेको समाबेसी समुहले नै बेल्जियममा रहेको संपुर्ण संघ सस्था र ब्यक्तिहरुको भावनालाई एकाकार गरि समट्न सक्छ भन्ने हाम्रो ठहर रहेको छ । समाबेसी लोकतान्त्रिक समुहका संपुर्ण उम्मेदारहरु बिभिन्न कालखण्डमा लामो सांगठनिक अनुभव र सामाजिक सेवामा लाग्नु भएका ब्यक्तित्वहरु हुनु भएकोले संपुर्ण बेल्जियमबासी नेपालीहरुले समाबेसी समुहलाई मत दिनुहुन पनि आग्रह गर्दछौं । हामी प्रगतिशील संगठनहरुको परिचय भनेको बिगतको चुनावहरुमा झैं संझौतामा ईमान्दारीताकासाथ लागु गर्ने हो । हामी हार स्वीकार्न तयार हुन्छौ तर संझौतालाई कुनै जात, समुदाय तथा बिचारको आधारमा बिभाजित हुने संस्कार हाम्रो परम्पराको बिपरीत हो । यहि परम्परालाई कायम राख्ने प्रतिवद्धतासाथ गगांधर गौतमको नेतृत्वमा रहेको समावेसी समुहलाई बिजय गराउनकोलागी बेल्जियममा रहनु भएका नेपाली बुवा आमा दाजुभाई दिदी बहिनीहरुमा हार्दिक आव्हान गर्दछौं ।

अध्यक्ष – चित्र सुवेदी नेपाली जनप्रगतिशील मंच, बेल्जियम

ईन्चार्ज –बिरमान मगर मगर राष्ट्रीय मुक्ति मोर्चा यूरोप च्यापटर

उपाध्यक्ष– ईन्दिरा पौडेल —नेपाली प्रगतिशील महिला मंच, बेल्जियम

ईन्चार्ज –गम बहादुर गुरुङ्ग तमु राष्ट्रीय मुक्ति मोर्चा यूरोप च्यापटर

संयोजक –मनिष गुरुङ्ग जनजाति सरोकार मंच, बेल्जियम धन्यवाद, २५ अगष्ट २०१५

 

 

 

Leave A Reply

Your email address will not be published.