कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

0

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै छ । १४औँ महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा गर्न कांग्रेसले आइतबार दिउँसो केन्द्रीय समितिको बैठक राखेको हो ।

बैठकबाट केन्द्रीय निर्वाचन समितिले परिमार्जन गरेको महाधिवेशन कार्यतालिका अनुमोदन, महाधिवेशनका लागि आवश्यक समिति गठन, महाधिवेशन प्रयोजनका लागि विधानका विभिन्न धारा–उपधारा निलम्बन गर्ने तयारी छ ।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न शनिबार सभापति निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बसेको थियो । कांग्रेसले मंसिर २४–२७ सम्म काठमाडौंमा १४ औँ महाधिवेशन गर्दैछ । द

शैंतिहार, नेपाल सम्बत र छठका कारण स्थगित कांग्रेसको महाधिवेशन प्रक्रिया शनिबारबाट फेरि शुरु भएको छ ।

कांग्रेसले ६४ जिल्लाहरुमा यसअघि नै अधिवेशन प्रक्रिया सुरु गरेको थियो । ५१ जिल्लाहरुमा वडा र स्थानीय तहको अधिवेशन भैसकेको छ । हिमालका १३ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व समेत चयन भैसकेको छ ।

Leave A Reply

Your email address will not be published.