टीकापुर घटनाप्रति यूरोपका २३ संघसंस्था दुखी

0

ब्रसेल्स । यूरोपमा रहेका विभिन्न २३ वटा संघ संस्थाले नेपालको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले संविधान निर्माण प्रकृयामा रहेका बेला विभिन्न समुदायले आफ्नो हक अधिकार स्थापित हुनु स्वभाविक भइरहेका बेला कैलालीको टीकापुरमा मानवीय घटना हुनु दुःखदायी भनेका छन् ।
यूरोपमा रहेका २३ वटा संघसंस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, युगौदेखि सामन्तिबादी राज्य ब्यवस्थाबाट अन्यायमा परेका उत्पिडित नेपालीहरुले संबिधानसभावाट मार्फत खोसिएको अधिकारलाई नेपालको नयां बन्ने संबिधानमा स्थापित गराउन संघर्ष र आन्दोलनबाट आफ्नो मागलाई राज्यसम्म पुर्याउन आन्दोलन गर्नु स्वभाबिकनै हो । बिगत केहि दिन देखि नेपालको बिभिन्न भागमा आप्ना हक अधिकार प्राप्तीबाट फेरी पनि ठगिने हो की भनेर आन्दोलनहरु भएका छन । आन्दोलनकै क्रममा थुप्रै दुखद घटनाहरु घट्न समेत पुग्यो । आन्दोलनको केन्द्रबिन्दु कैलालीमा त्याहांका धर्तिपुत्र थारु समुदायहरुले आप्नो अधिकार सुनिश्चित गर्न गरेको शान्तिपुर्ण आन्दोलनकै क्रममा आन्दोलनमा घुसपैठ भई अत्यान्त अमानबिय ढगंबाट भएको घटना कुनै पनि नेपालीहरुको हितमा होईन भन्नेमा स्पष्ट हुन जरुरी छ । देशको बिभिन्न भागमा उत्पिडित समुदायले गरेको आन्दोलनको बलवाट प्राप्त गर्न लागेकोअधिकारलाई कुल्चने निहीत स्वार्थमा रमाउनेहरुले गलत ढंगले पनि संचालन गर्न सक्ने र आफ्नो निहित स्वार्थकोलागी जनताको अधिकारलाई बञ्चित गर्दै फेरीपनि ठगिने सक्ने तर्फ सचेत हुन जरुरी छ ।
अहिलेको संबिधानसभाको बनोटनै विगतका संझौताहरु र पहिलो संविधान सभाबाट भएका सहमतिको मर्म तथा नेपाली जनताले आन्दोलनबाट स्थापित मान्यताको बिपरितमा रहेकोले सकेसम्मका प्राप्त उपलब्धिलाई रक्षागर्दै त्यसको स्थापित गर्ने तर्फ ध्यान केन्द्रित हुनु परेको यथार्थतामा परिवर्तनकारी नेपालीहरुले बुझ्न जरुरी छ । उत्पिडित जनताले गरेको आन्दोलनलाइ बदनाम गर्ने, दमन गर्ने र सधै हैकम जमाउने तत्वहरु बिगतमा खोसिएको बिरसतलाई फर्काउन सकिन्छकी भन्ने कुचेष्टा प्रति पनि सचेत हुन जरुरी छ । अहिले देसको बिभिन्न ठाउंमा आन्दोलनमा किन र कसरी घटना भयो भनेर सत्य तथ्य बाहिर ल्याउनु पनि राज्यको दायित्व हो र अहिलेसम्म राज्य त्यो दायित्व पुरा गर्न नसक्नुनै अहिलेको सरकारनै दोषि हो भन्नेमा दुई मत छैन । सरकारका गृहमन्त्रि बामदेब गौतमले सुर्खेत देखि कैलाली सम्म आई पुग्दा अत्यान्त गैह्र जिम्मेवारी तरीकाबाट जनतालाई ताकी ताकी गोली हान्ने आदेश दिने र आन्दोलनको क्रममा जनता तथा सुरक्षा कर्मीहरुमा हुन सक्ने खतराको बिषयमा बिष्लेषण गर्न नसक्नुलेनै कैलालीको घटना भएको स्पष्ट छ । गृहमन्त्रि बामदेब गौतमको यति ठूलो कम्जोरीका बावजुद पनि नैतिकताको ख्यालै नगरी शत्तालिप्सा रहनुले लोकतान्त्रिक नामधारी तानासाहाको स्वरुपको चित्रण हो । हामी यस्ता निकम्वा गृहमन्त्रिले तत्काल राजिनामा दियोस भन्ने माग समेत गर्दछौं । कैलाली घटनालाई आधार बनाएर राज्यले दगांग्रस्थ क्षेत्र घोषणा गरी फेरी पनि न्यायपुर्ण जनताको आवाजलाई कुल्चने र जनतामाथि अत्यचार थुपार्नाले समस्याको सामाधान भन्दा अरु झन जटिल हुने बिषयमा सतर्क हुन जरुरी छ । अहिले राज्यले कैलाली लगाएत बिभिन्न स्थानमा कर्पुmको समयमा पनि गाउंबस्तिहरुमा आगोलगाउने महिलाहरुमाथि अमानबिय ब्यवाहार गर्ने, थारु उत्पिडित जनता भएकै कारणबाट धरपक्कड गर्ने जस्ता कार्यहरु भएकोले यि बिषयहरुमा नेपाल सरकारले स्पष्ट पार्दै तत्काल यस्ता कार्यहरु बन्द गरीयोस भन्ने माग समेत गर्दछौं । नेपाल सरकार तथा नेपालका राजनैतिक पार्टीहरुलाई तत्काल असन्तुष्ट पक्षसंग बार्ता गरी हदै सम्मको लचकता देखाउदै जनतालाई अधिकार दिन सकुंचित नगरीयोस भन्ने माग राख्दछौं । हामी यूरोपमा रहेको प्रगतिशील संगठनहरु समस्याको सामाधान सेना परिचालन तथा दमनबाट नभएर राजनैतिक बार्तानै हो भन्नेमा बिश्वास राख्दछौं तसर्थ अहिले देसमा भएका आन्दोलनको आवाजलाई सकरात्मक ढंगले राजनैतिक तवरलेनै सामाधान गरीयोस भन्ने माग गर्दछौं ।
साथै कैलालीदेखी देसको बिभिन्न भागमा भएको घटनामा मृत्यू भएका सुरक्षकर्मी तथा आन्दोलनरत नेपाली जनता प्रति हार्दिक श्रन्दाजली ब्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वस्थलाभको कामना गर्दछौं । आन्दोनको क्रममा भएको क्षतिको उचित क्षतिपुर्ति माग गर्दै घाईहरुको निसुल्क उपाचारको ब्यवस्था गराउनुको साथै जनताको जनधनको ग्यारेण्टी गरोस भन्ने माग गर्दछौं, जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जारी गर्ने संघसंस्थाहरु
सुरेन्द्र भुसाल अध्यक्ष संयूक्त नेपाली मोर्चा, यूरोप
डा. कृष्ण अर्याल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नर्वे
चित्र सुवेदी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, वेल्जियम
कृष्ण तिवारी अध्यक्ष नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, वेल्जियम
गम बहादुर गुरुङ्ग संयोजक तमु राष्ट्रिय मुक्ति मोर्चा , युरोप
विर मान घर्तिमगर अध्यक्ष मगरात राष्ट्रिय मुक्ति मोर्चा , युरोप
ईन्दिरा पौडेल का. अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, वेल्जियम
मनिष गुरुङ्ग संयोजक नेपाली जनजाति सरोकार मंच, वेल्जियम
अच्यूत फुयाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीजरल्यण्ड
गणेस ढकाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, डेनमार्क
देबी गौतम अध्यक्ष नेपाली प्रगतिशील महिला मंच, डेनमार्क
रामशरण ढकाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्वीडेन
दलराम तामागं संयोजक नेपाली जनप्रगतिशील मंच, आईरल्याण्ड
सुरेस गौतम संयोजक नेपाली समाज यूके
मान गुरुङ्ग संयोजक तमु राष्ट्रिय मुक्ति मोर्चा,बेलायत
अरुण मगर संयोजक मगर राष्ट्रिय मुक्ति मोर्चा, बेलायत
राम गौचन अध्यक्ष नेपाली जनप्रगतिशील मंच, पोर्चुगल
डिलाराम चापांगाई संयोजक संयूक्त संघर्ष समिति, पचुर्गल
गोबिन्द प्रसाद भण्डारी अध्यक्ष नेपाली जनप्रगतिशील मंच, ईटाली
गंगा भुषाल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, स्पेन
धनेश घले अध्यक्ष नेपाली जनप्रगतिशील मंच, फ्रान्स
रामचन्द्र पोख्रेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, नेदरल्याण्ड
सागर पोख्रेल अध्यक्ष नेपाली जनप्रगतिशील मंच, जर्मनी

Leave A Reply

Your email address will not be published.