सामाजिक एकतानै हाम्रो शक्ती हो, निर्मला बजगाई

0

चारदिशा, बेल्जियम,

गैर अबासीय नेपाली संघ बेल्जियमको आईतवार सम्पन हुन गैरहेको चुनावमा बेल्जियमबासी महिलाहरुको प्रतिनिधित्व गर्दै एन आर एनलाई बिसुद्ध सामाजिक संस्थाको रुपमा स्थापित गर्न आफ्नो सम्पूर्ण उर्जा र बिबेक प्रयोग गर्ने सँकल्प सहित प्रतिस्पर्धामा रहेकी एन आर एन बेल्जियमकी ‘महिला सम्योजक ‘  पदकी उम्मेदवार निर्मला बजगाईसँग चारदिशा सम्बाददाताले उनको  आगामी कार्ययोजना र प्रतिबद्ध्ताको बारेमा गरेको कुराकानी ,

यहाँको समाजलाई बिभiजित गरेको दोष  राजनितिक पार्टिका संगठन हरुलाई लाग्दै आएको छ , तपाईं पनि राजनितिक ब्यक्ती होइन ?
राजनीति आँफैमा नराम्रो होइन , यही राजनितिले विश्व हाकी रहेको छ , यो संसार चलाऊने सम्मुनत ब्यबस्था हो , यसबाट कोही पनि सचेत ब्यक्ती अछुतो रहन सक्दैन, तर केही खराब राजनितिक ब्यक्तिहरुको कारण जनतामा राजनिती प्रती विश्वाश गुमेको सत्य हो र यहाँको समाज केही हदसम्म बिभाजित देखिएको म स्वीकiर्द छु , त्येसैले मा बिगतमा प्रगतिशिल महिला मन्चको अध्यक्ष पदमा रहेको भएपनी एन आर एन अभियानमा बिसुद्ध गैर आबसिय नेपाली भएर काम गर्नको लागि एन आर एनको बिधानलाई आत्मसात गर्दै अध्यक्ष्य पदबाट राजिनामा गरी निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्नु अघीनै बुझाई सकेकी छु ।

महिला सम्योजक पदमानै तपाईंको उम्मेदवारी किन ?

 

यहाँको समाजलाई एकताबद्ध गर्न बिशेष गरी महिलाहरुको ठुलो भूमिका हुन् सक्छ , त्यसका लागि हामी महिलाहरु गोलबद्ध हुनु जरुरी छ, एन आर एन  अभियानमा महिलाहरु र नयाँ पुस्ता सक्षम हुँदा हुँदै पनि उहाहरु आउन नचाहेको हो या आउन नदीइएको हो त्यसको चिरफार गरी हामी महिलाको हक हितका लागि एन आर एनको फोरुमबाट बुलन्द आवाज उठाउदै आममहिला र नयाँ पुषतालाई गोलबद्ध गर्दै एन आर एन अभियानमा अगाडि बढाउनका लागि अथक् प्रयास गर्नु पर्ने देखिएकाले सो जिम्मेवारी पुरा गर्न सक्छु भन्ने द्रिढ् विश्वाश भएकाले महिला सम्योजक पदमा उम्मेद्बारी दिएकी हुँ ।

 

एन आर एन मा त धनी ब्यक्तीहरुले मात्र काम गर्न सक्छन, के यो कुरा सहि हो  ?
कुनै पनि सामाजिक काम गर्न धन मन तन र केही ज्ञान शिप अबस्य चाहिन्छ , सबै कुरा आफ्नो इमान्दारिता र लगनशिलतामा भर पर्छ, तसर्थ धन मात्र सबै होइन, तर काम गर्नको लागि चाहिने स्रोत साधन जुटाउन म सक्षम छु, त्यती  मात्रै भनम ।

बिगतमा एन आर एनमा तपाईंजस्तै धेरै ब्यक्तीले समाज बिभाजित भएको कारण काम गर्न चाहेर पनि नसकेका गुनासा अाइ रहदा तपाईं यदी निर्बाचित हुनु भयो भने काम गर्न सक्नु हुन्छ ?
म आफ्नो तर्फबाट सामाजिक सदभाब र एकताको लागि भरमग्दुर प्रयास गर्ने छु र संस्थाका हरेक गतिबिधिमा पारदर्शीता अपनाउने छु , यती गर्दा पनि जन चाहना बमोजिम काम गर्न कोही कसैबाट ब्यबधान भएमा मिडिया र अन्य सामाजिक सन्जालबाट सम्पूर्ण गलत प्रकृयाको बिरोध गर्ने छु र यहाँको समुदायलाई जस्ताको त्यसतै जानकारी गराउने प्रतिबद्ध्ता जाहेर गर्दछु ।
अन्तमा के भन्नु हुन्छ ?
यो भन्दा अगाडिका जे जस्तो भए पनि निर्वाचन को प्रकृयामा अगाडि बढी सकेको अवस्थामा गाली गलोज आरोप प्रत्यरोप भन्दा सम्यमितता अप्नाउदै निर्वाचन प्रकृयामा सहभागिता जनाइ एन आर एन को गरिमा उचो बनाइ दिन हुन अनुरोध गर्दै सबैको सहयोगको अपेक्षा गरेकी छु ।

Leave A Reply

Your email address will not be published.