तीन प्रदेशका प्रदेश प्रमुख फेरिए

0

काठमाडौं : सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन् । प्रदेश १ जनता समाजवादी पार्टीको भागमा परेको छ । कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेको भागमा परेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको छ । यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरिएका थिए ।

Leave A Reply

Your email address will not be published.