बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

0

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । पाण्डेले प्रदेशसभामा रहेको सभामुखसहित १०९ मतमध्ये ५९ मत प्राप्त गरेका हुन् ।

त्यस्तै विश्वासको मतको विपक्षमा ४३ मत परेको छ । त्यस्तै २ जना प्रदेशसभा सदस्यले तटस्थमा मतदान गरेका छन् ।

यसअघि मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुसँग विश्वासको मत दिन आग्रह गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए ।

नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

Leave A Reply

Your email address will not be published.