देशको विकासका लागि कांग्रेसको विकल्प छैन : नेता सिंह

0

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन् ।

नेपाल संवत ११४२ न्हु दँको अवसरमा राजधानीको बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले नेपालका कम्युनिष्ट पार्टीहरुले जनतामा भ्रममात्रै सिर्जना गरेको भन्दै कांग्रेसमात्रै भरोसा गर्ने पार्टी भएको बताएका हुन् । पहिलो संविधानसभापछि चार जना कम्युनिष्ट प्रधानमन्त्री बन्दा पनि संविधान बनाउन नसकेको उनको आरोप थियो ।

नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिए । उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरे ।

नेता सिंहले नयाँ नारामात्रै दिएर राजनीति सम्भव नहुने स्पष्ट पारे । उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्तिमात्रै नेता हुने बताए । 

Leave A Reply

Your email address will not be published.