काठमाडौं : महाकवी लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका विराट प्रतिभा भएको व्यक्ति हुन् । नेपाली साहित्यका एक प्रतिभावान व्यक्तिको सम्झनामा हरेक बर्ष लक्ष्मी पूजाको दिन लक्ष्मी जयन्ती मनाउने गरिन्छ । नेपाली साहित्य क्षेत्रका व्यक्तिहरुले उक्त दिनलाई उत्सवको रुपमा मनाउँदै आएका छन् ।
हरेक वर्ष लक्ष्मी पूजाको दिन नेपाली साहित्यमा महाकवी लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा लक्ष्मी जयन्ती मनाउने गरिन्छ । मनावताबादी दृष्टिकोणका साहित्यकार देवकोटाको सम्झनामा नेपाली साहित्य क्षेत्रका व्यक्तिहरुले यो दिनलाई विशेष उत्सवका रुपमा मनाउने गर्दछन् । यस दिनलाई लक्ष्मी जयन्तीको रुपमा मात्र नभई नेपाली साहित्यको जन्म दिनका रुपमा मनाउँदै लैजानु पर्ने साहित्यकारहरुको भनाइ छ ।
नेपाली साहित्य क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटको अतुलनिय योगदान रहेको छ । नेपाली कविता साहित्यलाई खुम्चिनबाट जोगाई विस्तारीत गरेको श्रेय महाकवी लक्ष्मीप्रसाद देवकोटालाई जाने गर्दछ । नेपाली कविता साहित्य जगतमा परिवर्तन ल्यउन लक्ष्मीप्रसाद देवकोटाले महत्वपुर्ण भुमिका रहेकाले उनलाई नेपाली साहित्य जगतका हिरा भनेर चिनाईएको छ ।
वि. सं १९६६ सालमा लक्ष्मी पुजाको दिन काठ्माडौको डिल्लीबजारमा जन्मिएका देवकोटाले नेपाली साहित्यका कविता, खण्डकाव्य, महाकाव्य, कथा, कविता लगाएतका थुप्रै विधामा कलम चलाएका छन् । तुरुन्तै कविता लेख्न सक्ने खुवि भएका देवकोटाको योगदान नेपाली साहित्यले कहिले पनी भुल्न नसक्ने साहित्य क्षेत्रका हस्तीहरुले बताउँदै आएका छन् ।