बाइडनद्वारा कोप सम्मेलनमा चीन र रुसका राष्ट्रपतिकाे आलोचना

0

अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन् ।

मङ्गलवार राति कोप २६ मा बोल्दै बाइडनले जलवायु एउटा ठूलो मुद्दा भएको र चीन त्यसबाट ‘टाढिएको’ बताएका हुन्।

उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाएका छन् ।

ग्लास्गोमा नोभेम्बर १४ अर्थात दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन् । तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन् ।

विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ। रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ ।

यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन् ।

Leave A Reply

Your email address will not be published.