तिहारमा बिजुली अभाव हुँदैन, ढुक्कसँग चलाउनुस् : कुलमान घिसिङ

0

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् ।

मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवन्ध निर्देशक घिसिङले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताएका हुन् ।

प्रवन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै प्रशारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने भन्दै ढुक्कसँग विद्युत चलाउन आग्रह गरे ।

प्रवन्ध निर्देशक घिसिङले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताए ।

उनले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने बताए । प्रवन्ध निर्देशक घिसिङले भरपर्दो विद्युत कसरी दिने भन्ने अबको चुनौती रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेशन राख्ने बताए ।

Leave A Reply

Your email address will not be published.