सन् २०३० सम्म वन फडानी नियन्त्रण गर्ने विश्व नेताहरुको प्रतिवद्धता

0

एजेन्सी : विश्वका नेताहरुको एक समूहले सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाउने भएको छ । स्कट्ल्याण्डको ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२६ मा विश्वका नेताहरुले आज वन फडानी रोक्ने सम्बन्धी सहमतिमा हस्ताक्षर गर्न लागेका हुन् ।

विश्वको वन क्षेत्रको ८५ प्रतिशत भन्दा बढी क्षेत्र ओगट्ने एक सय भन्दा बढी देशले वन फडानी नियन्त्रण सम्बन्धी सहमतिमा हस्ताक्षर गर्न लागेका हुन् ।

सम्झौतामा वन संरक्षण तथा पुनस्र्थापनाका लागि थप वित्तिय लगानीको वाचा समेत नेताहरुले गर्दैछन् । सम्मेलनका क्रममा यो सहमतिलाई पहिलो प्रमुख सहमतिका रुपमा हेरिएको छ । वन फडानी नियन्त्रणका लागि सहमति गर्नेमा तीव्र रुपमा कटान भइरहेको अमेजन रेन फरेस्ट रहेको ब्राजिल समेत रहेको छ ।

२८ देशले विश्वव्यापी खाद्यन्न व्यवसायका लागि वन फडानी नगर्ने सहमति पनि गर्दैछन । खाद्यन्न उत्पादन तथा पशुका लागि चरन क्षेत्र बनाउनका लागि विश्वभर वन फडानी हुने गरेको छ ।

कार्बनडाइअक्साइड कटौतिका लागि महत्वपूर्ण भूमिका रहेका रुख काटिँदा जलवायु परिवर्तनमा सहयोग पुग्ने गरेको छ ।

Leave A Reply

Your email address will not be published.