प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार आन्दोलनमा, न्यायाधीशहरु इजलासमा नबस्ने

0

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्दैछ ।

एशोसिएसनले आइतबार कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गर्न लागेको हो ।

विरोधको यो कार्यक्रम आइतबारदेखि तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको हो ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार सर्वोच्चले १६ गते सर्वोच्च अदालत परिसरमा धर्ना तथा विरोधसभा गर्ने निर्णय गरेको छ । १६ गतेसम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने नेपाल बारले जनाएको छ ।

यता न्यायाधीशहरू आइतबार पनि इजलासमा नबस्ने भएका छन् । प्रधानन्यायाधीश जबरासहित सर्वोच्चमा २० न्यायाधीश कार्यरत छन् ।

न्यायालय सुधारका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा १९ न्यायाधीश एक ठाउँ उभिएका छन् । उनीहरूले गत मंगलबार प्रधानन्यायाधीशलाई भेटेरै निकास दिन आग्रह गरेका थिए ।

तर, जबराले राजीनामा नदिने जवाफ फर्काएका थिए । त्यसयता संघर्षरत न्यायाधीशहरू इजलासमा बसेका छैनन् ।

Leave A Reply

Your email address will not be published.