मिस युनिभर्स नेपालको उपाधि सूजीता बस्नेतलाई

0

सूजीता बस्नेत मिस युनिभर्स नेपालको विजेता बनेकी छन् । मिस युनिभर्स २०२१ प्रतियोगितामा सहभागि १६ प्रतियोगीलाई पछि पर्दै बस्नेतले मिस युनिभर्स नेपालको ताज पहिरिएकी हुन ।

उनले बिभिन्न उपहार सहित लाख नगद पुरुस्कार बिजेताले पाउने छिन । गत बर्षकी मिस युनिभर्स नेपाल अंशिका शर्माले बस्नेतलाई ताज पहिराएकी​ थिइन् ।

राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फाइनल प्रतियोगितामा उत्कृष्ट १६ बाट १० र त्यसबाट टप फाइभ छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।

उमङ्ग क्रियसनको आयोजना र ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रममा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञावली लगायत निर्णायक रहेका थिए । कार्यक्रममा बिभिन्न उप शिर्षकमा समेत विजेता छानिएको थियो ।

कार्यक्रममा डा.केशु खड्का फोर्थ रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप ,निनाकान्ता मण्डल फस्ट रनरअप घोषित भए ।

आगामि १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्

Leave A Reply

Your email address will not be published.