चन्द नेकपाका नेता कार्यकर्ताको रिहाईका लागि सरकार गर्हकार्यमा : कार्यवाहक प्रधानमन्त्री खाँण

0

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

गृहमन्त्रीसमेत रहेका खाँणले मुद्दा लागेका नेकपाका नेता, कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने प्रक्रिया कानुनी रुपमै टुंंग्याउने गरी महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयबीच छलफल भइरहेको बताएका हुन् ।

उनले नेकपाका एकै बन्दीलाई ६/७ वटासम्म मुद्दा लागेकाले उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग पनि छलफल भइरहेको जानकारी दिए ।

सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको कार्यवाहक प्रधानमन्त्री खाँणको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.