नाइजेरिया बन्यो डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक

0

एजेन्सी : नाइजेरिया डिजिटल मुद्रा प्रयोग गर्ने पहिलो अफ्रिकी मुलुक बनेको छ । नाइजेरियाले डिजिटल मुद्रा ईनाइरा सार्वजनिक गरेको हो । 

कारोबारको खर्च र आधिकारिक वित्तीय प्रणालीमा आफ्नो सहभागिता बढाउन भन्दै डिजिटल मुद्रालाई मान्यता दिने निर्णय गरेको हो । 

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले डिजिटल मुद्राको प्रयोग र यसको ब्लकचेन प्रविधिले नाइजेरियाको अर्थतन्त्रमा महत्वपूर्ण सुधार ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन् । 

बुहारीले अबको दश वर्षमा नाइजेरियाको कूल गार्हस्थ्य उत्पादन २९ अर्ब अमेरिकी डलर पुग्ने विश्वास व्यक्त गरे । 

डिजिटल मुद्रा ईनाइराको भाउ नाइजेरियाको मुद्रासँग मिल्दो छ । डिजिटल मुद्राले आगामी दिनमा वैदेशिक व्यापारमा सहयोग पुग्ने नाइजेरियाको केन्द्रीय बैंकले बताएको छ । 

यसअघि गत फेब्रुअरीमा नाइजेरियाको केन्द्रीय बैंकले वित्तीय संस्थाहरुलाई क्रिप्टोकरेन्सीमा कारोबार गर्न नपाउने नियम ल्याएको थियो ।

Leave A Reply

Your email address will not be published.