अफगानिस्तानमा आर्थिक प्रलय आउने चेतावनी

0

एजेन्सी : अफगानिस्तानमा ठूलो आर्थिक प्रलय आउनसक्ने चेतावनी विश्वका नेताहरुले दिएका छन् । जि–ट्वान्टी नेताहरूको भर्चुअल सम्मेलनलाई सम्वोधन गर्दै नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।

अफगानिस्तानलाई आर्थिक संकटबाट जोगाउन अरबौं डलर सहायता चाहिने विश्व नेताहरूको भनाइ छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफ्गानिस्तानको तालिवान शाषकलाई नभएर अफ्गान नागरिकको लागि स्वतन्त्र दातृ निकाय र संगठनमार्फत सहयोग गर्नुपर्ने बताए ।

जर्मन चान्सलर एन्जेला मर्केलले अफ्गानिस्तानलाई यस्तै अन्यौलको भुमरीमा छोड्न नहुने बताइन् । जि ट्वान्टी नेताहरूले सहयोगको लागि अन्य मुलुकहरुलाई समेत आव्हान गरेका छन् ।

तालिवानले अगष्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएपछि मानविय संकट उत्पन्न भएको छ । अफगानिस्तानलाई औषधि र खानाको ठुलो सहयोग आवश्यक भएको राष्ट्रसंघले बताउदै आएको छ ।

Leave A Reply

Your email address will not be published.