अफगानिस्तान छाडेपछि पहिलो पटक अमेरिकाद्वारा तालिबानसँग वार्ता

0

एजेन्सी : अफगानिस्तानको तालिबान सरकारले बढ्दै गएको आतंकवादी गतिविधिविरुद्ध लड्न अमेरिकी सहयोग नलिने भएको छ ।

कतारको राजधानी दोहामा अमेरिकासँगको भएको वार्तामा तालिबानले आतंकवादविरुद्धको लडाइँमा अमेरिकी सहयोग नलिने जनाएको हो ।

तालिबानले मुलुकमा बढ्दै गएको आतंकवादी गतिविधिविरुद्ध आफूहरु नै सक्षम रहेको जनाएको छ । वार्तामा तालिबान प्रवक्ता सुहैल शाहीनले आईएसविरुद्ध आफूहरु नै लड्ने बताएका हुन् ।

अगस्टमा अमेरिकी सेना फर्किए लगत्तै सत्ता सम्हालेको तालिवानमाथि केही समययता आक्रमण बढेको छ ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुँदै गर्दा आईएससँग जोडिएको स्थानीय एक आतंकवादी संगठनले झण्डै दुई सय मानिसको ज्यान जाने गरी विमानस्थलमा बम आक्रमण गरेको थियो ।

पछिल्लो पटक शुक्रबार आईएसकै स्थानीय संगठनले गरेको आत्मघाती बम आक्रमणमा ६० जनाभन्दा बढी मानिस मारिएका थिए । सन् २०१४ देखि आईएसले पूर्वी अफगानिस्तानमा शिया मुसलमानहरुलाई निशाना बनाएर आत्मघाती आक्रमण गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.