एमालेमा ओलीले दास र हनुमान मात्रै खोजी गरे : माधव नेपाल

0

काठमाडौं : नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले आफ्ना गल्ती स्वीकार गर्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने बताएका छन् ।

काभ्रे जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै उनले केपी ओली सुध्रिएलान् भन्ने आशा भने आफुले नगरेको बताए । एमालेमा ओलीले दास र हनुमान मात्रै खोजी गरेको भन्दै आफू र आफ्नो समूहले साहस गरेर विद्रोह गरेको तर्क गरे ।

उनले आफ्नो पार्टीले कानुनी मान्यता पाउने कुरा धेरैले नसोचेको भन्दै नेकपा एकीकृत समाजवादी संसद्मा एउटा शक्ति भएर उदाएको बताए ।

पूर्वप्रधानमन्त्री रहेका नेपालले अघिल्लो सरकारको पालाको यति होल्डिङ, ओम्नी प्रकरण, औषधि खरिद प्रकरण, ७० करोड प्रकरण लगायतका भ्रष्टाचारका मुद्दाको एक–एक छानबिन गर्न सरकार तयार हुनुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.