मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्वपूर्ण नेताहरु छुटे : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्वपूर्ण नेताहरु छुटेको स्वीकार गरेका छन् ।

शनिबार बिहान बालुवाटारमा नेनसिंह महरले लेखेको ‘विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई संख्यात्मक हिसाबले पूर्णता दिए पनि केही महत्त्वपूर्ण व्यक्ति छुटेको बताएका हुन् ।

उनले केही राम्रा व्यक्तिलाई सरकारमा समेट्न नसकेकामा दुःख लागेको समेत बताए । सरकारमा आउनै पर्ने व्यक्ति पनि गठबन्धनका कारण आउन नसकेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री भएको ८८ दिनपछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेका थिए ।

Leave A Reply

Your email address will not be published.