मन्त्रिपरिषद्ले पायो पूर्णता, को-को बने मन्त्री ?

0

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच मन्त्रालय भागबन्डामा कुरा मिलेपछि शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन, उमा रेग्मीलाई महिला तथा बालबालिका, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाइएको छ । 

त्यस्तै गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा प्रधानमन्त्री देउवाले नियुक्त गरेका छन् । उनलाई प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबराको सिफारिसमा मन्त्रीमा नियुक्त गरिएको हो । उनी बाँकेका नेपाली कांग्रेसका जिल्ला स्तरिय कार्याकर्ता हुन् । उनी सांसद छैनन् । 

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्रीको कार्यालयमा तानिएको छ । 

त्यसैगरी, माओवादी केन्द्रबाट देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशि श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारी र महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको छ । 

त्यस्तै बोधमायाकुमारी यादवलाई शिक्ष, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरिएको छ । 

त्यस्तै, एकिकृत समाजवादीबाट विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या, रामकुमारी झाँक्रीलाई सहरी विकास, कृष्णकुमार श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका छन् । 

एकीकृत समाजवादीका तर्फबाट भवानीप्रसाद खापुङलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरिएको छ । 

त्यसैगरी, जसपाबाट रेणु यादवलाई भौतिक पूर्वाधार, राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन, महिन्द्र राय यादव कृषि तथा पशुपन्छी मन्त्री, रामसहाय यादवलाई वन तथा वातावरण मन्त्री बनाइएको छ । 

यसअघि बालकृष्ण खाँड गृह, डा नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका थिए । त्यसैगरि कानुन न्याय तथा संसदीय मामिला मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचार मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

त्यस्तै जर्नादन शर्मा अर्थ र पम्फा भुषाल उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारीमा थिए ।

Leave A Reply

Your email address will not be published.