बेलायतको रातो सूचीबाट हट्यो नेपाल

0

काठमाडौं : कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ ।

अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ ।

अझै अन्य सात देश भने रातो सूचीमै छन् । रातो सूचीबाट हटाए पनि असोज २५ गते सोमबारदेखि मात्र लागू हुने भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

यसैगरी विश्वका ३७ देशलाई ती देशमा लगाइएका कोभिड खोपलाई समेत मान्यता दिइएको छ । ती देशबाट बेलायत प्रवेश गर्नेले अब क्वारेन्टिन बस्न नपर्ने तर चाहेमा कोरोना परीक्षण डे टु प्याकेज भने प्रयोग गर्न सक्ने जनाइएको छ ।

बेलायत सरकारले बेलायत भ्रमणमा आउनेले कोरोनाका चार प्रकारका खोपमध्ये जुनकुनै लगाएको भए पनि मान्य हुने भनेको छ । त्यसमा अक्सफोर्ड/एस्ट्राजेनिका, फाइजर, मोडेर्ना र जोन्सेनलाई राखेको छ ।

नेपालबाट बेलायत जाँदा नेपालमा खोप लगाएको प्रमाण पेश गर्नुपर्ने छ । जुनसुकै देशबाट गए पनि खोप लगाएको प्रमाणमध्ये एनएचएस कोभिड पास, इयु डिजिटल कोभिड प्रमाणपत्र, रोग नियन्त्रण तथा रोकथाम शाखाको पूर्जी वा सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयले प्रदान गरेको खोप लगाएको प्रमाणित गरेको प्रमाणपत्र यीमध्ये कुनै एक भए पुग्ने भनिएको छ ।

Leave A Reply

Your email address will not be published.