माओवादी केन्द्रले टुंग्यायो मन्त्रीको नाम

0

काठमाडौं : नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम टुंगो लगाएको छ । बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो ।

देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । पौडेल बागलुङबाट निर्वाचित सांसद हुन् भने शशी श्रेष्ठ हाल राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य समेत रहेकी छिन् ।

यस्तै मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवकी छोरी हुन् । मोधमाया राज्यमन्त्री बन्नेछन् ।

यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी थिए ।

जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेकोमा बुधबार थप ४ मन्त्रीको टुंगो लागेसँगै माओवादीले आफ्नो भागमा आएका सबै मन्त्रीको नाम टुंगो लगाएको छ । ४ मन्त्रीको मन्त्रालयबारे भने खुलाइएको छैन ।

Leave A Reply

Your email address will not be published.