बेल्जियमको श्रम बजारमा काम पाउने तरिका बारे साङ्रिला समाजको जानकारीमुलक कार्यक्रम

0

बेल्जियमको श्रम बजारमा कस्तो जनशक्ति आबस्यक छ र त्यसमा आफ्नो दक्षता अनुसारको काम पाउने प्रकृया के हो , भन्ने बारे साङ्रिला समाज बेल्जियमले जानकारीमुलक अन्तर्कृया कार्यक्रम गरेकोछ । युरोपियन गैर सरकारी संस्थाहरुको फेडेरेशन सम्बद्ध एआईएफको मोटिभेशनल कोच कार्लाले नेपाली समुदायका १५ जना युबाहरुलाई नेपालमा पढेको बिषय सम्बन्धि काम अथवा भाषाको समस्याका बाबजुद पनि काम पाउने च्यानलहरु र काम सम्बन्धि तालिम बारेमा जानकारी गराएकी थिईन ।

सहभागिहरुलाइ आफ्नो संस्थाको बारेमा जानकारी दिदै उनले बिद्यालय र विश्वबिद्यालयले मात्र गराउन सक्ने इन्टर्नशिप पनि ईआईएफको सिफारिसमा गराउन सकिने बताइन । नेपालका सैक्षिक प्रमाणपत्रलाई बेल्जियमले सिधै विश्वाश नगर्ने हुँदा आफ्नो संस्था मार्फत केही प्रकृया पुरा गरेर जादा राम्रो तलब र सजिलो र रुची अनुसारको काम पाउन सजिलो हुने हुँदा नेपालका शैक्षिक प्रमाणपत्र अनुवाद र यहाँको पढाई बिचमा छुटेकाहरुलाई पनि पढाई अनुसार दक्षता बढाएर काममा सक्षम बनाउन सकिने उनले बताइन् । काम , भाषा र अन्य सरकारी सहयोगको लागि आफ्नो संस्थाले सहयोग गर्न सक्ने भएकोले संपर्क गर्न पनि उनले आग्रह गरिन ।


सग्रिला समाज अध्यक्ष नारायण अधिकारी , एनआरएनए बेल्जियमका अध्यक्ष खड्का केसीले यस खाले अन्तर्कृयाले आफ्नो भबिष्यको बारेमा अलमल परेका युबाहरुलाई सहयोग पुग्ने हुँदा भबिष्यमा पनि यसलाई निरन्तरता दिनु राम्रो हुने सुझाब राखेका थिए । संस्थाकी महासचिब नीलम घिमेरे सापकोटाले सहजिकरण गरेको कार्यक्रमलाई एआईएफकी पाउला र एनआरएनए बेल्जियमकी सदस्य रुबिना शर्माले ब्यबस्थापन गरेकी थिइन ।

Leave A Reply

Your email address will not be published.