वार्तामा बस्नुको औचित्य नरहेको : अध्यक्ष महतो

0

जनकपुरधाम, ९ भदौ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले कैलालीको टीकापुरमा भएको घटनाको राजनीतिक समाधान खोज्नु पर्नेमा जोड दिनुभएको छ । सो पार्टीद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले टीकापुरमा भएको घटना दुर्भाग्यपूर्ण भएको बताउनुभयो । सरकारले बारम्बार वार्तामा बस्न आग्रह गरे पनि वार्तामा किन बस्नु भएन भन्ने प्रश्नको उत्तरमा अध्यक्ष महतोले वार्ताको औचित्य समाप्त भएकाले हामी वार्तामा नबसेका हौँ भन्नुभयो ।
विगतमा सम्झौता लागू गर्नु पर्दछ र सोहीअनुरुप संविधान बन्नु पर्दछ भन्दै अध्यक्ष महतोले भन्नुभयो त्यो सम्झौता पूरा नभएसम्म वार्तामा बस्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो । आमहडतालबाट जनताको जीवन कष्टकर हुँदै गएकाबारे जिज्ञासा राख्दा अध्यक्ष महतोले अधिकार प्राप्तिका लागि जनताले नोक्सानी सहनु पर्दछ भन्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.