किसान आन्दाेलनमा सहभागी हुन जाँदा भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

0

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उतर प्रदेशमा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन जान लागेकी गान्धीलाई बीच बाटोबाट बिहान प्रहरीले पक्राउ गरेको हो ।

गान्धीलाई प्रहरीले लखनाउमै रोक्न खोजेको थियो । सो क्रममा प्रहरी र कांग्रेस कार्यकताबीच झडप समेत भएको थियो ।

प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो । सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उत्तर प्रदेश कांग्रेसले गान्धीलाई प्रहरीले पक्रेर हिरासतमा राखेको जानकारी दिएको छ ।भारत सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरु लामो समयदेखि आन्दोलनमा छन् ।

सोही आन्दोलनको क्रममा उत्तरप्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा हालै एक व्यक्तिले किसानहरुलाई गाडीले कुल्चिएको र सो घटनामा परी तीन जनाको मृत्यु भएको दाबी गरिएको छ ।

Leave A Reply

Your email address will not be published.