एनआरएनए बेल्जियमको अधिबेशन सम्पन्न

0

चारदिशा , बेल्जियम ,
भुकम्पले गरेको बिनासबाट देशलाई नयाँ बाटोमा हिडाउन प्रबासबाट पनि हातेमालो गर्ने अठोट गर्दै एनआरएन बेल्जियमको अधिबेशन सम्पन्न भएको छ । एनआरएन युरोप संयोजक अर्जुन श्रेष्ठले पानसमा पाचवटा  मैनबत्ती बालेर उद्घाटन गरेको संस्थाको पाचौ अधिबेशनको प्रमुख अतिथी एनआरएनएका केन्द्रिय महासचिब् कुमार पन्त थिए भने कोषाध्यक्ष बद्री केसी, महिला संयोजक सपिला राजभन्डारी , उपसंयोजक रजनी प्रधान, केन्द्रीय सल्लाहकार युबराज गुरुङ लगायत केन्द्रीय सदस्य जानकी गुरुङ,  शिव बरुवाल, सन्तोष भट्टराई, हरी पौडेल, सारदा बराइली लगायत  नेपाल, बेल्जियम र युरोपका अन्य देशबाट आउनु भएका साहित्यकार, पत्रकारहरु ,एनआरएन अगुवाहरु र अन्य बैचारिक र सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु  अथितीको रुपमा उपस्थित थिए,

शुभकामना बन्तब्य दिदै महासचिब पन्तले एकता र सहमतिमा जोड दिए भने कोषाध्यक्ष केसीले नेपालमा भुकम्प पीडितलाई संसार भरीबाट एन आर एनहरुले गरेको सहयोग र संस्थाको कोष र परियोजना बारेका विवरण प्रस्तुत गरे । यसै गरी पूर्व महासचिब एबम आगामी कार्यकालका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका रतन झाले अधिबेशनको सफलताको शुभकामना सहित लक्ष प्राप्त गर्न हैसियत अनुसारका कार्यक्रम सन्चालन गर्नु पर्ने र आम प्रबासी नेपाली हरुलाई समेट्नु पर्नेमा जोड दिए ।

युरोप सम्योजक अर्जुन श्रेष्ठले युरोपका चार देशमा एकै दिन एन एन एन सि सिको अधिबेशन भई रहेको जानकारी गराउदै सबैलाई सफलताको कामना गरे , अर्की बक्ता सपिला राजभन्डारीले महिला सशक्तीकरण र परोपकारी कार्यहरुका बारेमा एन आर एनले गरेका कामको बारेमा जानकारी गराइन भने केन्द्रीय सल्लाहकार युबराज गुरुगले बिधी र प्रकृयाले संगठन सन्चालन गरे छिट्टै सफलता प्राप्त हुने र संस्थाको दिगो बिकासमा सहयोग पुग्ने बिचार ब्यक्त गरे ।

बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, पूर्व अध्यक्ष पिजी शेर्पा , एन आर एन नेदरल्यान्डका नब निर्बाचित अध्यक्ष हिमाल गुरुङ्ग, अाइ सिसी द्वय जानकी गुरुग र शिब बरुवाल लगायतका बिभिन्न संघ संस्थाका प्रमुख एबम प्रतिनिधि बक्ताहरुले सहमतिमा आगामी टिम बनाउन सुझाए,  सभाका सभापति एबम एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने उपाध्यक्ष गोपाल सिम्खडाले स्वागत गरेको कार्यक्रमको सन्चालन महासचिब माधव सापकोटाले गरेका थिए।
दोश्रो चरणमा भएको बन्द सत्रमा संस्थाको प्रगती प्रतिबेदन पास भयो भने आर्थिक प्रतिबेदनमा हिसाब किताब पारदर्शी नभएको र नमिलेको भन्दै पास् हुन नसके पछी दुरुस्त र पारदर्शी बनाएर बुझबुझारथ गर्न बर्तमान अध्यक्ष महासचिब र कोषाध्यक्षलाई बन्द सर्तले निर्देशन गरेको छ । केही सदस्य र उम्मेदवार रहेका ब्यक्तीहरुले बिधान मस्यौदा च्यात्ने र  होहल्ला गर्ने गरे भने सेन्त्रुदिन क्ष्येत्रका छुटेका सदस्यहरुलाई सदस्यता दिने बिषयमा मत मतान्तर भए पछी निर्णयमा पुग्न सकेन । बन्द सत्रमा संस्थाको भाबी कार्ययोजना र भएका कमीकम्जोरी सच्याउने भन्दा पनि  आगामी कार्यसमितीमा चुनिन कस्तो रणनितीले काम गर्ने भन्ने बारेमा पक्ष बिपक्ष बिचमा धेरै बिबाद र बहस भएको थियो ।

Leave A Reply

Your email address will not be published.