बाबुरामले टीकापुर घटना भड्काए : देउवा

0

काठमाडौं, ८ भदौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू सधैं थारु समुदायको हक, अधिकारको पक्षमा लड्दै आएको बताएका छन् । मंगलबार बुढानीलकन्ठस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले विगतमा पनि आफूले थारुहरुको अधिकारका लागि लडेको स्मरण गर्दै अब पनि थारु समुदायलाई विशेष अधिकार दिलाउन कोसिस गर्ने बताए ।
थारु नेताहरुसहित पत्रकार सम्मेलन उपस्थित भएका पूर्वप्रधानमन्त्री देउवाले कैलाली टुक्र्याउन नहुने र विशेष अधिकार दिएर थारु समुदायलाई मूलधारमा ल्याउनुपर्ने बताए । टीकापुर घटनापछि आफूविरुद्ध केही व्यक्तिहरुले नियोजित प्रचार गरेको भन्दै देउवाले एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले टीकापुरको घटना भड्काएको आरोप लगाए ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले तल्लोस्तरको अभिव्यक्ति दिने र आफूलाईसमेत अपमान गर्ने काम गरेको देउवाले बताए । संवाद समितिले प्रतिवेदन मस्यौदा समितिलाई बुझाएपछि भट्टराईले थारु आन्दोलनलाई समर्थन रहेको बताएका थिए भने शेरबहादुर देउवालगायतका नेताहरुविरुद्ध सामाजिक सन्जालबाट अभिव्यक्ति दिएका थिए ।

Leave A Reply

Your email address will not be published.