उत्तर कोरियाद्वारा हाइपरसोनिक मिसाइल परीक्षण

0

एजेन्सी : उत्तर कोरियाले नयाँ प्रकारको मिसाइलको सफल परीक्षण गरेको बताएको छ । मंगलबार जापानको समुद्रमा प्रहार भएको मिसाइल नयाँ प्रकारको हाइपरसोनिक मिसाइल रहेको उत्तर कोरियाले जनाएको हो ।

पाँच वर्षे सैन्य क्षमता विकाससम्बन्धी योजनाअन्तर्गत विकास गरिएको पाँच महत्वपूर्ण नयाँ हतियारमध्ये मंगलबार रणनीतिक हतियार अर्थात परमाणु क्षमतायुक्त मिसाइल प्रक्षेपण गरिएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले उल्लेख गरेको छ ।

यो हतियार प्रणालीको विकासले देशको आत्मरक्षा क्षमता हरेक रुपमा बलियो बनाएको पनि उत्तरले बताएको छ ।

पूर्वी समुद्रका रुपमा समेत चिनिने जापानको समुद्रमा उत्तर कोरियाले प्रहार गरेको नयाँ मिसाइल मंगलबार बिहान खसेको थियो ।

केही समय अघि उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो । संयुक्त राष्ट्रसंघले ब्यालेस्टिक मिसाइलमाथि प्रतिवन्ध लगाएको छ ।

अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियाले परमाणु हतियारको विकास गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.