काठमाडौंमा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोप लगाउन शुरु

0

काठमाडौं : काठमाडौंमा सोमबारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको छ ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रम अन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिन थालिएको हो । काठमाडौंका १२ वटा स्थानीय तह र सात अस्पतालवाट खोप उपलब्ध हुनेछ ।

स्थानीय तहका स्वास्थ्य कार्यालय बाहेक नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामति कर्मचारी अस्पताल, परोपकार प्रसुती अस्पताल र वीरेन्द्र सैनिक अस्पतालवाट पनि खोप उपलब्ध हुनेछ ।

स्वास्थ्य कार्यालय काठमाडौैंले खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने जनाएको छ । खोप अभियान आगामी १३ गतेसम्म सञ्चालन हुनेछ ।

Leave A Reply

Your email address will not be published.