राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

0

काठमाडौं : राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको राष्ट्रिय सभाबाट विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गरेकाे छ ।

बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभाका सभामुखले पार्टीले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको काम–कारबाही अगाडि बढ्न नसक्ने भन्दै उठेर विरोध जनाएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बस्नेछ ।

Leave A Reply

Your email address will not be published.